सेप्टेम्बर ४ देखि ६ सम्मको प्रतियोगितामा सहभागी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार बिदाइ गरेका छन्।
काठमाडौँ — अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा भाग लिन ६ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स जाने भएको छ ।
सेप्टेम्बर ४ देखि ६ सम्म हुने प्रतियोगितामा रोज बडू, जुन बडू, सिमरन भुसाल, प्रिसा खाँड, जेहाना अर्याल र कस्वी भट्टराई सहभागी छन् ।
अफिसियलमा निलम बानियाँ बडू र सानी महर्जन छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार बिदाइ गरे ।
