एमएम तथा अन्तर माध्यामिक विद्यालय कप क्रिकेट प्रतियोगिताको उपाधि ज्योतिपुञ्ज एकेडेमी साहुटोलाले जितेको हो ।
सल्यान — सल्यानको लुहापिङस्थित त्रिभुवन जन माध्यामिक विद्यालयको खेल मैदानमा भएको एमएम तथा अन्तर माध्यामिक विद्यालय कप क्रिकेट प्रतियोगिताको उपाधि ज्योतिपुञ्ज एकेडेमी साहुटोलाले जितेको छ ।
घरेलु मैदानमा त्रिभुवन जन माविलाई ७१ रनले पछि पार्दै ज्योतिपुञ्जले उपाधि जितेको हो ।
ज्योतिपुञ्जले २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । ज्योतिपुञ्जका आयुष केसीले ४४ बलमा ३३ तथा अनिल बस्नेतले ३७ बलमा ३२ रन बनाउन सफल भएका थिए । टिम क्याप्टेन प्रिन्स सेजवालले १६ रन बनाएका थिए । विशाल थापाले ४ ओभरमा २६ रन खर्चिदै दुई र विशाल सिंह, विश्वास थापा, अभिनभ आचार्य र बिष्णु थापाले एक/एक विकेट लिएका थिए ।
१३४ रनको विजय लक्ष्यसहित मैदानमा उत्रेको त्रिभुवान जनमाविले १६.४ ओभरमा १० विकेट गुमाउँदै ६२ रनमा समेटियो । विष्णु थापाले १४ बलमा १३, यस्वान केसीले १६ बलमा १०, रिजन श्रेष्ठले २१ बलमा १० रन बनाएका थिए ।
विजेता ज्योतिपुञ्जले ३० हजार नगद र कप हात पारेको छ । जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालका अनुसार प्रतियोगितामा जिल्लाका १३ विद्यालय सहभागी भएका थिए ।
