ओसीएको आयोजनामा यस प्रकारको कार्यक्रम हुन लागेको यो छैटौंपल्ट हो । एथलेटिक्स फोरममा नेपालको सहभागिता भने यो तेस्रोपल्ट हुनेछ ।
काठमाडौँ — टेनिसकी माहिका राणा र बास्केटबलका विजय बुर्काले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को आयोजनामा हुने एथलेटिक्स फोरममा नेपालको प्रतिनिधित्व गरेर भाग लिने भएका छन् ।
कार्यक्रम कजाकिस्तानको अस्टानामा सेप्टेम्बर १ देखि ३ सम्म हुनेछ । उनीहरू आइतबार नै त्यसतर्फ प्रस्थान गरेका छन् ।
ओसीएको आयोजनामा यस प्रकारको कार्यक्रम हुन लागेको यो छैटौंपल्ट हो । एथलेटिक्स फोरममा नेपालको सहभागिता भने यो तेस्रोपल्ट हुनेछ ।
कार्यक्रममा सहभागीलाई खेलकुद क्षेत्रमा नेतृत्व विकासका लागि प्रशिक्षण दिइन्छ । प्रशिक्षण पाउनेले आफ्नो देश फर्केर त्यसैअनुसारको जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार नै आयोजित विशेष कार्यक्रमबीच माहिका र विजयलाई बिदाइ गरे ।
त्यस अवसरमा अध्यक्ष श्रेष्ठले शुभकामना व्यक्त गर्दै सहभागी भएर फर्केयता नेपाली खेलकुदको विकासमा योगदान दिन सल्लाह दिए ।
