कीर्तिमान रकममा इसाक लिभरपुल जाने

यसअघि सन् २०२३ मा इन्जो फर्नान्डेज १० करोड ६० लाख पाउन्डमा बेनफिकाबाट चेल्सी गएका थिए।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

Isaac to Liverpool for record fee

काठमाडौँ — इङ्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले कीर्तिमान रकममा न्युक्यासल युनाइटेडका एलेक्जान्डर इसाकलाई अनुबन्ध गर्ने निश्चित भएको बेलायती मिडियाले सोमबार जनाएको छ।

स्विडेनी फरवार्ड १७ करोड ६० लाख डलरमा लिभरपुल जाने छन्। आवश्यक चिकित्सकीय परीक्षणपछि उनले छ वर्षका लागि अनुबन्ध गर्ने भएका छन्।

यसअघि सन् २०२३ मा इन्जो फर्नान्डेज १० करोड ६० लाख पाउन्डमा बेनफिकाबाट चेल्सी गएका थिए।

कान्तिपुर संवाददाता

Link copied successfully