टीआईएका रोशन नगरकोटीले ३० स्कोर गर्दै टिमलाई जित दिलाए। ज्ञान निकेतनका सवाज मन्सुरले २० स्कोर जोडे।
काठमाडौँ — ज्ञान निकेतन र टीआईए ३१ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज बास्केटबलमा सोमबार फाइनल पुगेका छन् । ज्ञान निकेतनले बालदीक्षा सदनलाई ६१–४९ स्कोरले पराजित गर्यो ।
ज्ञान निकेतनका सवाज मन्सुरले २० स्कोर जोडे । टीआईएले रेडियन्ट पब्लिकलाई ५७–५२ ले हरायो । टीआईएका रोशन नगरकोटीले ३० स्कोर गरे ।
आयोजक ज्ञानोदय बालबाटिकाको हलमा भइरहेको कार्निभलअन्तर्गत गर्ल्स बास्केटबलमा रिब्स र मल्पी इन्टरनेसनल उपाधिका लागि भिड्ने भएका छन् ।
रिब्सले दीक्षालयलाई ३३–१३ स्कोरले हरायो । रिब्सकी सुप्रिया मल्लले १६ स्कोर गरिन् । मल्पीले रेडियन्ट पब्लिकलाई २५–१८ ले पन्छायो । मल्पीकी प्रणवी राणाले १३ स्कोर जोडिन् । फाइनल मंगलबार हुनेछ ।
