एन्जल लर्ड र बागमती बास्केटबल च्याम्पियन

बागमतीले स्मृति पोखरेलको १६ स्कोरमा नेमोनिकमाथि ३७–२५ को जित हासिल गर्दै उपाधि जित्न सफल भएको छ।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

Angel Lord and Bagmati Basketball Champion

काठमाडौँ —  एन्जल लर्ड एकेडेमी र बागमती बोर्डिङले दोस्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।आयोजक टाइमलाइन स्कुलको कोर्टमा सोमबार ब्वाइजतर्फ फाइनलमा एन्जल लर्डले नेमोनिक मोर्डन एकेडेमीलाई ४९–४२ स्कोरले हरायो । एन्जलका अभय गुरुङले २२ स्कोर गरे ।

गर्ल्सको उपाधि भिडन्तमा स्मृति पोखरेलको १६ स्कोरमा बागमतीले नेमोनिकलाई ३७–२५ ले हरायो ।

ब्वाइजमा एन्जल लर्डका समीर मगर र गर्ल्समा बागमतीकी स्मृति पोखरेल मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । ब्वाइजमा नेमोनिकका विपेश थिङ र गर्ल्समा नेमोनिककी वर्षा खड्का उत्कृष्ट थ्री प्वाइन्टर चुनिए । ब्वाइजमा रेनिस लामा र गर्ल्समा अस्मिता थापा सर्वाधिक स्कोरकर्ता बने । दुवै नेमोनिकका हुन् ।

Angel Lord and Bagmati Basketball Championब्वाइजमा मार्वलस र गर्ल्समा काठमाडौं जेभियर्स पब्लिक स्कुल अनुशासित टिम ठहरिए । ब्वाइजमा आकाश दीप र गर्ल्समा विन्सम इमर्जिङ टिम चुनिए ।

विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसाल, आयोजक टाइमलाइनका प्रिन्सिपल रामप्रसाद बडाललगायतले पुरस्कृत गरे । भदौ ५ देखि सुरु प्रतियोगिताको ब्वाइजमा २४ र गर्ल्समा १६ टिमले प्रतिस्पर्धा गरेको संयोजक राजेन्द्र लम्सालले जनाए ।

कान्तिपुर

Link copied successfully