लिभरपुलको ३ खेलबाट ९ अंक

डोमिनिक सबोसलाईले फ्रि किकबाट गरेको उत्कृष्ट र निर्णायक गोल मद्दतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई १–० ले हराएको छ ।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

9 points from 3 games for Liverpool

काठमाडौँ — डोमिनिक सबोसलाईले फ्रि किकबाट गरेको उत्कृष्ट र निर्णायक गोल मद्दतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई १–० ले हराएको छ ।

यससँगै लिभरपुल नयाँ सिजनका तीनै खेलमा विजयी रहने एक मात्र टिम बनेको छ । लिभरपुल ९ अंकसहित शीर्षमा छ ।

एनफिल्डमा भएको खेल गोलरहित बराबरीतर्फ अग्रसर भइरहेको बेला हंगेरीका स्टार खेलाडी सबोसलाईले ८३ औं मिनेटमा गोल गरेका हुन् । आर्सनल भने ६ अंकमै सीमित रह्यो । आइतबारकै अर्को खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३–० ले पराजित गरेको छ ।

भिल्ला पार्कमा भएको खेलमा प्यालेसका लागि जियान फिलिप माटेटाले २१ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । त्यसपछि मार्क गुएही र स्माइल सारले गोल थपे । प्यालेसको यो जितपछि ५ अंक भएको छ । भिल्ला भने एकै अंकमा सीमित रहेर रेलिगेसन क्षेत्रमा रहेको छ । 

कान्तिपुर

Link copied successfully