एवाईसीका लागि उज्वल राईले सर्वाधिक ३ गोल गरे । त्यस्तै, आयुश राना मगर र चन्दन दासले समान १-१ गोल गरेर टिमलाई जिताए । खेलमा उज्वल राई म्यान अफ द म्याच बने ।
तिलोत्तमा — रुपन्देहीमा जारी २३ औं लिस्नु कप अन्तरगत सोमबार भएको खेलमा एवाइसी क्लब अञ्चलपुर विजयी भएको छ । उसले पाल्पा ११ लाई ५-० गोल ले हराएको हो ।
एवाईसीका लागि उज्वल राईले सर्वाधिक ३ गोल गरे । त्यस्तै, आयुश राना मगर र चन्दन दासले समान १-१ गोल गरेर टिमलाई जिताए । खेलमा उज्वल राई म्यान अफ द म्याच बने ।
खेल अन्तर्गत मंगलबार जरना स्पोर्ट्स क्लब र कपिलवस्तु ११ बिच हुने खेल संयाेजक सुदिन भण्डारीले जानकारी दिए ।
भदौ २७ गतेसम्म चल्ने खेलमा प्रथम हुनेले ४ लाख ४ हजस्र ४ सय ४४ रुपैयाँ पाउनेछ भने दोस्रो हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ । खेलमा विभिन्न विधामासमेत पुरस्कारको व्यवस्था गरिएको छ ।