सान्टियागो बर्नाबाउमा आर्डे गुलेर भिनिसियस जुनियरले रियलका लागि गोल गरे ।
काठमाडौँ — रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार लगातार तेस्रो जित निकाल्दै आफ्नो शतप्रतिशत सुरुआत कायम राख्यो । उसले रियल मार्लोकालाई २–१ ले पराजित गरेको हो ।
यो जितपछि रियलको तीन खेलबाट नौ अंक भएको छ र लिग तालिकाको शीर्षमा छ । सान्टियागो बर्नाबाउमा आर्डे गुलेर भिनिसियस जुनियरले रियलका लागि गोल गरे ।
त्यसपछि मार्लोकाका तर्फबाट भेडाट मरिकीले एक गोल फर्काए । शनिबारका अन्य खेलमा सेभियाले जिरोनालाई २–० र रियल ओभिएडोले रियल सोसिडाडलाई १–० ले हरायो ।
यस्तै डेपोर्टिभो एलाभेस र एटलेटिको म्याड्रिडले भने १–१ को बराबरी खेले ।
