नौ गोलको ‘थ्रिलर’ मा पीएसजीको जित

पीएसजले तीन खेलबाट नौ अंक हासिल गर्दै फ्रान्सेली घरेलु लिगमा आफ्नो अग्रता कायम राखेको छ। टुलोजविरुद्धको जितले पीएसजको बलियो प्रदर्शन देखायो।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

PSG's victory in a nine-goal 'thriller'

काठमाडौँ — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा नौ गोलको असाधारण ‘थ्रिलर’ मा टुलोजलाई ६–३ ले पराजित गरेको छ ।

यो जितपछि उसको तीन खेलबाट नौ अंक भएको छ र शीर्षमै कायम रह्यो । यस जितसँगै पीएसजले फ्रान्सेली घरेलु लिगमा आफू कति बलियो छ भनेर पनि प्रमाणित गरेको छ । 

डिफेन्डिङ च्याम्पियनका लागि आफ्नो शतप्रतिशत सुरुआत कायम राख्नका लागि जाओ नेभासले ह्याट्रिक गरे । ओसमन डेम्बेला दुई गोल गरे र यो दुवै गोल पेनाल्टीबाट रह्यो । 

अर्को एउटा गोल भने ब्राडली बारकोलाको नाममा रह्यो । टुलोजको लागि भने चार्ली क्रेसवेल, याना जीबोहो र एलेक्स भोसाहले गोल गरे । 

कान्तिपुर

Link copied successfully