न्युकासल भने दुई अंकमै सीमित रहेर १५ औं स्थानमा रह्यो । दुवै टिमले बुनेका कुनै पनि आक्रमण निर्णायक बन्न सकेनन् ।
काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा शनिबार लिड्स युनाइटेडले न्युकासल युनाइटेडले गोलरहित बराबरीमा रोकेको छ ।
एलान रोडमा भएको खेलको यो नतिजा दुवै टिमका लागि यो निराशाजनक रहेको छ ।
लिड्सको दुई खेलबाट चार अंक भएको छ । न्युकासल भने दुई अंकमै सीमित रहेर १५ औं स्थानमा रह्यो । दुवै टिमले बुनेका कुनै पनि आक्रमण निर्णायक बन्न सकेनन् ।
पछिल्लो सिजन राम्रो प्रदर्शन गरेको न्युकासल यसपल्ट खराव सुरुआतको शिकार बनेको छ र अहिलेसम्म तीन खेलमा जित निकाल्न असफल रहेको छ ।
