अन्तिम क्षणमा नेपोलीको जित

दोस्रो हाफको इन्ज्युरी समयमा फ्रायन्कले निर्णायक गोल गर्दै नेपोलीलाई छ अंकसहित लिगको शीर्ष स्थानमा पुर्‍याए।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

Last minute win for Napoli

काठमाडौँ — आन्द्रे फ्रायन्कले खेलको अन्तिम क्षणतिर गरेको गोलको मदतले डिफेन्डिङ च्याम्पियन नेपोलीले इटालीको सिरी ए मा शनिबार उसले कागलिरीलाई १–० ले हराएको छ ।

खेल निश्चित गोलरहित बराबरीतर्फ अग्रसर भएको बेला दोस्रो हाफको इन्ज्युरी समयमा फ्रायन्कले निर्णायक गोल गर । यस जितसँगै छ अंकमा नेपोली लिग तालिकाको शीर्ष स्थानमा रह्यो ।

शनिबारको अर्को प्रमुख खेलमा रोमाले पिसालाई १–० कै स्कोरले पराजित गर्‍यो । त्यसमा म्याटिस सोलले ५५ औं मिनेटमा निर्णायक गोल गरे । 

कान्तिपुर

Link copied successfully