कार्यक्रम कजाकिस्तानको अस्टानामा सेप्टेम्बर १ देखि ३ सम्म हुनेछ ।
काठमाडौँ — टेनिसकी माहिका राणा र बास्केटबलका विजय बुर्काले ओलम्पिक काउन्सिल अफ एसियाको आयोजनामा हुने एथलेटिक्स फोरममा भाग लिने भएका छन् ।
कार्यक्रम कजाकिस्तानको अस्टानामा सेप्टेम्बर १ देखि ३ सम्म हुनेछ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार एक कार्यक्रमबीच उनीहरुलाई बिदाइ गरे । बिदाइ कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ र नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङको पनि उपस्थिति थियो ।
