एएफसी वुमेन्स च्याम्पियन्स लिग : एपीएफको लगातार तेस्रो हार

समूह 'बी' को आफ्नो अन्तिम खेलमा एपीएफ साउदी अरेबियाको अल नासरसँग ६–१ ले पराजित भएको हो । कुल चार टिम सम्मिलित समूह 'बी'मा नेपाल शून्य अंकमा पुछारमा रह्यो ।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

AFC Women's Champions League: APF's third defeat in a row

काठमाडौँ — एएफसी वुमेन्स च्याम्पियन्स लिग प्रारम्भिक चरणमा एपीएफले आइतबार लगातार तेस्रो हार बेहोरेको छ ।

समूह 'बी' को आफ्नो अन्तिम खेलमा एपीएफ साउदी अरेबियाको अल नासरसँग ६–१ ले पराजित भएको हो । कुल चार टिम सम्मिलित समूह 'बी'मा नेपाल शून्य अंकमा पुछारमा रह्यो ।

यसअघिका दुई खेलमा पराजित अल नासरले भने पहिलो तीन अंक बटुलेर तेस्रो स्थानमा रह्यो । अल नासरको जितमा मारिया डा सिल्भाले ह्याट्रिक गरिन् । एपीएफबाट सम्भव भएको एक मात्र गोल सविता रानामगरको नाममा रह्यो ।

एपीएफ यसअघिका खेलमा एफसी नासाफसँग ३–० र कलेज अफ एसियन स्कलर्स ४–० ले पराजित भएको थियो । 

कान्तिपुर

Link copied successfully