तीन वरिष्ठ सदस्यलाई आरसीटीको सम्मान

क्लबको २० औं साधारणसभाका अवसरमा क्लबसँगै नेपाली फुटबलमा पुर्‍याएको योगदानका लागि ज्ञानेन्द्ररत्न तुलाधर, सर्वज्ञरत्न तुलाधर र पूर्व राष्ट्रिय खेलाडी नरेन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरेको हो ।

भाद्र १४, २०८२

कान्तिपुर संवाददाता

Honors of RCT to three senior members

काठमाडौँ — अन्नपूर्ण आरसीटी क्लबले शनिबार आफ्ना तीन विशिष्ट सदस्यलाई सम्मान गरेको छ ।

क्लबको २० औं साधारणसभाका अवसरमा क्लबसँगै नेपाली फुटबलमा पुर्‍याएको योगदानका लागि ज्ञानेन्द्ररत्न तुलाधर, सर्वज्ञरत्न तुलाधर र पूर्व राष्ट्रिय खेलाडी नरेन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरेको हो ।

सहिद स्मारक लिग ‘ए’ डिभिजनको ६ पटकको विजेता आरसीटीले आफ्ना वरिष्ठ सदस्यलाई बर्सेनि सम्मान गर्दै आएको छ । साधारणसभामा प्रगति विवरण तथा आगामी कार्यक्रम प्रस्तुत गर्दै क्लब अध्यक्ष राजेश श्रेष्ठले अबको दिनमा अन्नपूर्ण आरसीटी अझ बलियो र सशक्त भएर प्रस्तुत हुने बताए । कोषाध्यक्ष नरेश वैद्यले आर्थिक विवरण पेस गरेका थिए ।

कान्तिपुर

Link copied successfully