चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा सम्पन्न फाइनलमा हिमालयनले ठमेल एकता क्लबलाई १–० गोलले पराजित गरेको थियो । एक मात्र निर्णायक गोल हिमालयनका श्रीकृष्ण श्रेष्ठले गरे । विजताले रनिङ ट्रफीसहित ३ लाख रुपैयाँ पुरस्कारा जित्यो । उपविजेता ठमेलले १ लाख हात पार्यो ।
काठमाडौँ — फुटसलकै सर्वाधिक धनराशि पुरस्कार रहेको दोस्रो हिमालयन फुटसल गोल्डकप २०८२ को उपाधि आयोजक हिमालयन एफसीले रक्षा गरेको छ ।
चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा सम्पन्न फाइनलमा हिमालयनले ठमेल एकता क्लबलाई १–० गोलले पराजित गरेको थियो । एक मात्र निर्णायक गोल हिमालयनका श्रीकृष्ण श्रेष्ठले गरे । विजताले रनिङ ट्रफीसहित ३ लाख रुपैयाँ पुरस्कारा जित्यो । उपविजेता ठमेलले १ लाख हात पार्यो ।
हिमालयनका दीपेश श्रेष्ठ उत्कृष्ट गोलकिपर हुँदा ठमेलका लाक्पा तामाङ उत्कृष्ट खेलाडी भए । दुवैले १० हजार पाए । फेयर प्ले टिमको उपाधिसहित थोक्रे एफसीले २० हजार पायो । हिमालयन एफसीका सुरेश श्रेष्ठ र सन्दीप तामाङ उत्कृष्ट प्रशिक्षक र व्यवस्थापक हुँदै ५ हजार जित्न सफल भए ।
विजयी टिमलाई नेपाल प्रहरीका डीएसपी सुकदेव खनाल, नेपाल पत्रकार महासंघका एसोसिएट सचिव वैकुण्ठराज पराजुली, वागमती फुटबल संघका उपाध्यक्ष राजीवमान बस्नेतले पुरस्कार प्रदान गरे ।
आयोजक हिमालयन एफसीका अध्यक्ष विनोद कार्कीले युवा खेलाडीको प्रतिभा प्रस्फुटन र क्षमता अभिवृद्धिको उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए ।
३८ टिम सहभागी प्रतियोगिता दुई दिन चलेको थियो । गत वर्ष २ लाख धनराशिको पुरस्कारसहित गोल्डकप सुरु गरेको हिमालयन एफसीले यसपालिबाट रनिङ ट्रफी सुरु गरेको हो ।