भ्याली र केभीकेएसएस बास्केटबल फाइनलमा

धापासीस्थित आयोजक ग्रिनल्यान्ड कोर्टमा भ्याली पब्लिकले न्युटनलाई ३५–३० स्कोरले पराजित गर्‍यो ।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

Valley and KVKSS basketball finals

काठमाडौँ — भ्याली पब्लिक र केभीकेएसस १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ शुक्रबार फाइनलमा पुगेका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्ड कोर्टमा भ्याली पब्लिकले न्युटनलाई ३५–३० स्कोरले पराजित गर्‍यो । भ्यालीकी लोरिशा गौचनले १२ स्कोर जोडे । केभीकेएसएसले आयोजक ग्रिनल्यान्डलाई १८–१७ ले हरायो । केभीकेएससकी पूजा वाइबाले ५ स्कोरजोडिन् ।

सिनियर ब्वाइजमा न्युटनले किङडमलाई ५१–४९ तथा टीआईएले हेम्सलाई ४५–४३ ले हराएर फाइनल पुगे । न्युटनका उज्ज्वल श्रेष्ठले २५ र टीआईएकी सुजन गुरुङले २७ स्कोर गरे ।

जुनियर ब्वाइजमा गोल्डेनपिकले न्युटनलाई ३१–२३ तथा जेबी स्कुलले एन्जल्स हार्टलाई २७–२५ ले पाखा लगाउदै फाइनल तय गरे । न्युटनका फुर्वा शेर्पाले १३ र जेबीका गौरव ओलीले १६ स्कोर बटुलेका थिए ।

कान्तिपुर

Link copied successfully