स्वाटिक संघर्ष गर्दै तेस्रो चरणमा

पोल्यान्डकी स्वाटिकलाई यो खेल जित्न दुई घण्टा छ मिनेटको आवश्यकता परेको थियो । उनी वर्षको अन्तिम ग्रान्ड स्लाम उपाधिका लागि बलियो प्रत्यासी हुन् ।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

Swatik is struggling in the third round

काठमाडौँ — इगा स्वाटिकले संघर्ष गर्दै शुक्रबार यूएस ओपनको तेस्रो चरणको यात्रा तय गरेकी छिन् । उनले तीन सेट चलेको खेलमा नेदरल्यान्ड्सकी सुजन लामेन्सलाई ६–१, ४–६ र ६–४ ले पराजित गरिन् ।

पोल्यान्डकी स्वाटिकलाई यो खेल जित्न दुई घण्टा छ मिनेटको आवश्यकता परेको थियो । उनी वर्षको अन्तिम ग्रान्ड स्लाम उपाधिका लागि बलियो प्रत्यासी हुन् ।

पुरुषतर्फ भने नम्बर १ खेलाडी यानिक सिनरले पनि तेस्रो चरण प्रवेश गर्ने क्रममा एलेक्सी पोपरिनलाई ६–१, ६–२ र ६–२ ले हराए । 

कान्तिपुर

Link copied successfully