पेरिस पारालिम्पिकको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन, नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) र सृष्टिकी प्रिन्सिपल वाणी प्रधानले संयुक्त रूपमा उद्घाटन गरे ।
काठमाडौँ — नयाँ बानेश्वरको देवीनगरस्थित सृष्टि एकेडेमीमा तेक्वान्दो र फुटसल एकेडेमी सञ्चालनमा आएको छ । सोही अवसरमा फुटसल संरचना पनि उद्घाटन गरिएको थियो ।
पेरिस पारालिम्पिकको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन, नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) र सृष्टिकी प्रिन्सिपल वाणी प्रधानले संयुक्त रूपमा उद्घाटन गरे ।
पलेशा र सावित्रालाई नगदसहित सम्मान गरिएको थियो । सृष्टिका टेबलटेनिस प्रशिक्षक रुविन महर्जन पनि सम्मानित भए ।
तेक्वान्दोको प्रशिक्षकमा १३ औं दक्षिण एसियाली खेलकुदकी दोहोरो स्वर्ण विजेता आयशा शाक्य र फुटसलको प्रशिक्षकमा रमेश डंगाल छन् ।