सोही स्पर्धामा मल्पीले लिटिल एन्जल्सलाई १९–४ र दीक्षालयले बौद्धलाई २७–९ ले हराएर सेमिफाइनलमा पुगे । मल्पीकी दिवाश्री शाहीले ८ र दीक्षालयकी लाक्पा शेर्पाले ८ स्कोर गरे ।
काठमाडौँ — रेडियन्ट पब्लिक ३१ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज बास्केटबलमा शुक्रबार सेमिफाइनल पुगेको छ । रेडियन्टले केएमसीलाई १०–९ स्कोरले पराजित गर्यो । रेडियन्टकी सोनु तामाङले ७ अंक जोडिन् ।
सोही स्पर्धामा मल्पीले लिटिल एन्जल्सलाई १९–४ र दीक्षालयले बौद्धलाई २७–९ ले हराएर सेमिफाइनलमा पुगे । मल्पीकी दिवाश्री शाहीले ८ र दीक्षालयकी लाक्पा शेर्पाले ८ स्कोर गरे ।
ब्वाइज बास्केटबलमा मल्पीले आइडियल मोडेललाई २८–२१ र रेडियन्ट पब्लिकले बौद्धलाई ४०–३८ ले हराएर क्वाटरफाइनलमा प्रवेश गरे । मल्पीका रौनकले १२ र बौद्धका एमोसन मोक्तानले १२ स्कोर जोडे ।
ब्वाइज फुटबलमा बृहस्पतिले मल्पीलाई ३–० गोलले पराजित गर्यो । बृहस्पतिका प्रणव अधिकारीले २ र सौरभ रेग्मीले १ गोल गरे ।
नेरिक र एन्जल लर्ड विजयी
त्यस्तै दोस्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ नेरिक एकेडेमी र एन्जल लर्ड सेमिफाइनल पुगेका छन् ।
आयोजक टाइमलाइन स्कुलको कोर्टमा नेरिकले चैतन्यलाई ३७–३१ स्कोरले पराजित गर्यो । नेरिकका आयुब लामाले १० स्कोर गरे । केभिन चौलागाईंको १० स्कोरमा एन्जल लर्डले सर्वनाम शिक्षालयलाई ५०–३२ ले हरायो ।
ब्वाइजमै काठमाडौं जेभियर्स पब्लिक स्कुल र नेमोनिक मोर्डन एकेडेमी पनि सेमिफाइनल पुगे । जेभियर्सले टाइमलाइनलाई ४५–१६ र नेमोनिकले बागमती बोर्डिङलाई ५३–२४ ले हराए । काठमाडौं जेभियर्सका दिलिस गौतमले १५ र नेमोनिकका रेनिश लामाले २४ स्कोर गरे ।
गर्ल्समा नेमोनिक, बाल संसार, बागमती र काठमाडौं जेभियर्स सेमिफाइनल पुगिसकेका छन् ।
