लिभरपुल र सिटीले रियलसँग खेल्ने

रियल म्याड्रिड र लिरभपुलको बहुप्रतीक्षित भिडन्तमा फुटबल प्रशंसकहरू उत्साहित छन्। यसपल्टको च्याम्पियन्स लिगमा थप रोमाञ्चक खेलहरू हुनेछन्।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

Liverpool and City will play against Real

काठमाडौँ — लिभरपुल र म्यानचेस्टर सिटीले नयाँ सिजनको युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडको सामना गर्ने भएका छन् । प्रतियोगिताको शुक्रबार निकालिएको ‘ड्र’ अनुसार डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पनि कठिन प्रतिद्वन्द्वी पाएको छ र तिनीहरू हुन्, बार्सिलोना र बायर्न म्युनिक ।

ज्याभी एलोन्सोको रियलले बर्नाबाउ र एनफिल्डमा इंग्लिस च्याम्पियन लिरभपुलसँग खेल्नेछ । यो दुवै खेल बहुप्रतीक्षित प्रतिस्पर्धा हुनेछन् । आर्ने स्लट गत सिजनको प्रतियोगिताको लिग चरणमा पहिलो भएको थियो, तर अन्तिम १६ मा पीएसजीसँग पराजित भएको थियो ।

उसले यसपल्ट एटलेटिको म्याड्रिड र पीएसजी आयनहोभजनसँग पनि खेल्नेछ । यस्तै सन् २०२३ को च्याम्पियन सिटीले बोरुसिया डर्टमुन्ड, बायर लेभरकुजन, इटालीको च्याम्पियन नेपोली र गालातासारेको चुनौती सामना गर्नेछ । यसपल्टको प्रतियोगितामा पनि प्रत्येक टिमले आठ विपक्षीविरुद्ध खेल्नु पर्नेछ । 

कान्तिपुर

Link copied successfully