यूएस ओपन टेनिस : जोकोभिच तेस्रो चरणमा

आर्थर ऐस स्टेडियममा पहिलो सेट गुमाएयता उनी खेलमा फर्कन सफल भएका हुन् ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

US Open Tennis: Djokovic in third round

काठमाडौँ — नोभाक जोकोभिचले सुरुआती चुनौतीलाई पार लगाउँदै बिहीबार यूएस ओपन (टेनिस)को तेस्रो चरणको यात्रा तय गरेका छन् । उनले अमेरिकी क्वालिफायर जाचारे स्भाज्डालाई ६–७, ६–३, ६–३ र ६–१ ले हराएको हो ।

आर्थर ऐस स्टेडियममा पहिलो सेट गुमाएयता उनी खेलमा फर्कन सफल भएका हुन् । विम्बल्डनको सेमिफाइनलमा पराजित भएयता ३८ वर्षीय सर्बियाली खेलाडी पहिलो पल्ट खेलिरहेका छन् ।

उनी कीर्तिमान २५ औं ग्रान्ड स्लाम जित्ने अभियानमा छन् । ‘प्रतियोगिता जति जति अगाडि बढ्दै जानेछ, मेरो प्रदर्शनमा सुधार आउने छ,’ जोकोभिचले खेलपछि भने, ‘मैले यही विश्वासले खेलिरहेको छुं ।’ 

कान्तिपुर संवाददाता

Link copied successfully