नेपाल खेलकुदले सुरुआती दुई खेल गुमाएपछि पछिल्ला दुई खेल जितेर ६ अंक लेखाएको छ । यसको ठीकविपरीत सुरुआती दुई खेल जितेर उत्कृष्ट सुरुआत लिएको बुटवल–लुम्बिनी भने पछिल्ला दुई खेलमा पराजित रहेको छ र ६ अंकमै सीमित रह्यो ।
What you should know
काठमाडौँ — एन्फा वुमेन्स लिग छनोट २०८२ को बिहीबारका खेलमा राप्ती र नेपाल खेलकुद विजयी रहेका छन् । डिना नेपालीको २ गोलको मद्दतले राप्तीले ४–० ले हराएको छ ।
यो जितपछि राप्ती समूह ‘ए’ को तेस्रो स्थानमा उक्लेको छ । उसको चार खेलबाट ७ अंक भएको छ ।
उसको अगाडि चर्च ब्वाइज ९ र छहारी ७ अंकमा छन् । रियालको भने यो लगातार चौथो हार हो र शून्य अंकमा उसको छनोट सम्भावना समाप्त भएको छ । च्यासलको मैदानमा भएको खेलमा राप्तीका लागि सरु हमालले छैटौं मिनेटमा गोलको खाता खोलिन् ।
त्यसपछि डिनाले ५४ र ५७ औं मिनेटमा गोल गरिन् । त्यसबीच अनिशा राईले ५७ औं मिनेटमा १ गोल गरिन् । समूह ‘बी’को नेपाल खेलकुदले बुटवल–लुम्बिनीलाई ६–१ ले हरायो । नेपाल खेलकुदको यो लगातार दोस्रो जित हो भने बुटवल–लुम्बिनीको लगातार दोस्रो हार ।
नेपाल खेलकुदले सुरुआती दुई खेल गुमाएपछि पछिल्ला दुई खेल जितेर ६ अंक लेखाएको छ । यसको ठीकविपरीत सुरुआती दुई खेल जितेर उत्कृष्ट सुरुआत लिएको बुटवल–लुम्बिनी भने पछिल्ला दुई खेलमा पराजित रहेको छ र ६ अंकमै सीमित रह्यो ।
नेपाल खेलकुदका लागि सुनिता सुनारले सात, दिलकुमारी मगरले १० र यशोधाकुमारी लिरालले १७ औं मिनेटमा गोल गरे । यस्तै रविना गोलेले ५८ र अन्जलीकुमारी योन्जनले ८० औं मिनेटमा गोल थपे । करुणा राईले ५० औं मिनेटमा एक आत्मघाती गोल उपहार दिइन् । बुटवल–लुम्बिनीका लागि भने विनिता कुमारी बोहरलो १ गोल फर्काइन् ।
