पुलिस र कान्जिरोवा च्याम्पियन

९१ विद्यालयको सहभागिता रहेको डीएभी स्कुलले जनाएको छ ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

Police and Kanjirova Champion

काठमाडौँ — डिएभी सुशील केडिया विश्व भारती स्कुलद्वारा आयोजित पहिलो गाला स्पोर्ट्स २०२५ सकिएको छ । गाला स्पोर्ट्समा बिभिन्न ६ खेलमा टिम र व्यक्तिगत विधामा प्रतिस्पर्धा भएको थियो । ९१ विद्यालयको सहभागिता रहेको डीएभी स्कुलले जनाएको छ ।

क्रिकेट फाइनलमा नेपाल पुलिस स्कुलले एलआरआई स्कुललाई ४९ रनले हराएर उपाधि जित्यो । फुटबलतर्फ कान्जिरोवा मावि पहिलो, मोर्डन इन्डियन दोस्रो र डीएभी तेस्रो स्थानमा रहे । तेक्वान्दोमा विष्णुदेवी मावि टिम च्याम्पियन भयो ।

बास्केटबलमा छात्रमा एलआरआई र ज्ञानोदय तथा छात्रामा जेम्स र ज्ञानोदय क्रमशः पहिलो र दोस्रो बने । टेबलटेनिसतर्फ छात्र टिम इभेन्टमा युनाइटेड स्कुल विजेता बन्यो । छात्रा टिम इभेन्टमा एभीएम च्याम्पियन भयो । ब्याडमिन्टनतर्फ नेपाल पुलिस स्कुल पहिलो, सेन्ट मेरिज दोस्रो र केन्द्रीय विद्यालय तेस्रो भए ।

व्यक्तिगततर्फ डीएभीका सुमिर ढकाल र सेन्ट जेभियर्सकी निकिता यादव उत्कृष्ट खेलाडी बने । डीएभीका आयुश पौडेल र सेन्ट मेरिजकी विजल खत्री उदीयमान प्लेयर चुनिए ।

कान्तिपुर

Link copied successfully