नेपालको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा पूरा गर्दै खेललाई रोमाञ्चक बनायो।
What you should know
काठमाडौँ — कप्तान रोहित पौडेलको बलमा चौका प्रहार गर्दै साउथ अस्ट्रेलियाले बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाललाई ३ विकेटले पराजित गरेको थियो ।
सेफिल्ड शिल्ड र एकदिवसीय च्याम्पियन टोली साउथ अस्ट्रेलियालाई जितका लागि अन्तिम बलमा ४ रन चाहिने अवस्थामा टी ब्राउनले चौका प्रहार गरेका हुन् ।
पहिला ब्याटिङ गरेको नेपालले डार्बिनमा ९ विकेट गुमाई १ सय ४६ रन बनाएको थियो । ओपनर कुशल भुर्तेल ६ रनमै आउट भए । अर्का ओपनर आसिफ शेखले १३ बल खेलि ३ चौका र १ छक्का प्रहार गरे । भीम सार्कीले प्रति बलको हिसाबले ३ चौका प्रहार गरि ३२ रन बनाए ।
रोहित १ रनमै आउट भए । दीपेन्द्रसिंह ऐरीले १९ बल खेलि समान १ चौका र छक्का प्रहार गरि २६, आरिफ शेख २३ बल खेलि १ छक्का प्रहार गरि २१ रन बनाए । लोकेश बम खाता नखोली आउट भए । गुलशन झा ४, नन्दन यादव १ रनमा आउट भए । सोमपाल कामी १२ बल खेलि १ छक्का प्रहार गरि १८ र सन्दीप लामिछाने ५ रनमा अविजित रहे । साउथ अस्ट्रेलियाका सी थोम्सनले ४ ओभरमा २१, ब्राउनले ४ ओभरमा २८ र एच मानेन्टीले ४ ओभरमा २९ रन खर्चेर २–२ विकेट लिए ।
साउथ अस्ट्रेलियाबाट एमडी हार्भीले २२ बलमा २ छक्का प्रहार गरि २७, एनपी विन्टरले १९ बल खेलि ४ चौका र २ छक्का प्रहार गरि ३६, डी ड्रेवले २३ बल खेलि २ चौका प्रहार गरि २४, डी हुगेनबोइजेमले २८ बल खेलि समान १ छक्का र चौका प्रहार गरि २८ र मानेन्टीले २१ बल खेलि १ चौका प्रहार गरि २२ रन बनाए । ब्राउनले आफुले सामना गरेको पहिलो बलमै चौका प्रहार गरि साउथ अस्ट्रेलियालाई विजयी बनाए ।
नेपालबाट सोमपालले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । नन्दनले ४ ओभरमा २६ रन खर्चेर २ र रोहितले ३ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा ४६ र रोहितले ३ ओभरमा २५ रन खर्चेका थिए ।
