ज्ञान कार्निभलमा लिटिल एन्जल्स विजयी

एलएका स्मिथ रावतले ३ तथा सौगात मगर र राइडुहाङ राईले १–१ गोल गरे । एक गोल आत्मघाती रह्यो । मल्पीका स्पन्दन खड्काले एक गोल गरे ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

Little Angels win the Knowledge Carnival

काठमाडौँ — लिटिल एन्जल्स (एलए) ले ३१ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा जित पाएको छ । एलएले मल्पीलाई ६–१ गोलले पराजित गर्‍यो ।

एलएका स्मिथ रावतले ३ तथा सौगात मगर र राइडुहाङ राईले १–१ गोल गरे । एक गोल आत्मघाती रह्यो । मल्पीका स्पन्दन खड्काले एक गोल गरे । आयोजक ज्ञानोदय र द एक्सेल्सियर स्कुलले १–१ गोलको बराबरी खेले ।

गर्ल्स बास्केटबलमा आयोजक ज्ञानोदय, दीक्षालय, केएमसी, रिब्स, बौद्ध, मल्पी सिटी र रेडियन्ट पब्लिक क्वाटरफाइनलमा पुगे ।

ब्वाइज बास्केटबलमा ज्ञानोदय, जेम्स, ज्ञान निकेतन, पुष्पसदन, बाल दीक्षा सदन, भ्याली भ्यु, ओएसिस, टीआईए, आइडियल मोडेल, मल्पी सिटी, एलए, हिमालय, मल्पी र रातो बंगलाले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

कान्तिपुर

Link copied successfully