सिनियर ब्वाइजमा किङडमले जिनियस वर्ल्डलाई ४६–३५ र न्युटनले भ्याली पब्लिकलाई ५८–४५ ले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे । किङडमका मिङमा लामाले २० र न्युटनका उज्ज्वल श्रेष्ठले २१ स्कोर गरे ।
काठमाडौँ — ग्रिनल्यान्ड र न्युटनले १९ औं ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सेमिफाइनल तय गरेको छ । घरेलु कोर्टमा ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २४–१६ स्कोरले पराजित गर्यो । ग्रिनल्यान्डकी आहाना खड्काले ७ स्कोर गरिन् । आइरिन रानाको ६ स्कोरमा न्युटनले फेरिल्यान्डलाई १७–१६ ले हरायो ।
सिनियर ब्वाइजमा किङडमले जिनियस वर्ल्डलाई ४६–३५ र न्युटनले भ्याली पब्लिकलाई ५८–४५ ले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे । किङडमका मिङमा लामाले २० र न्युटनका उज्ज्वल श्रेष्ठले २१ स्कोर गरे ।
जुनियर ब्वाइजमा जेबी स्कुल सेमिफाइनलमा पुग्यो । जेबीले लालीगुराँस नेसनल एकेडेमीलाई १९–१३ स्कोरले हरायो । जेबीका गौरव ओलीले ११ स्कोर गरे ।