बागमती र बाल संसार सेमिफाइनलमा

आयोजक टाइमलाइनको कोर्टमा नेमोनिक मोर्डन एकेडेमी, बाल संसार र काठमाडौं जेभियर्स पब्लिक पनि सेमिफाइनल पुग्न सफल भए ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

Bagmati and Bal Sansar in the semi-finals

काठमाडौँ — बागमती बोर्डिङ बिहीबार दोस्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ सेमिफाइनल पुगेको छ ।

बागमतीले लर्डस लाइट एकेडेमीलाई १४–८ स्कोरले पराजित गर्‍यो । बागमतीकी डिकी शेर्पाले ७ स्कार जोडिन् ।

आयोजक टाइमलाइनको कोर्टमा नेमोनिक मोर्डन एकेडेमी, बाल संसार र काठमाडौं जेभियर्स पब्लिक पनि सेमिफाइनल पुग्न सफल भए ।

नेमोनिकले भेनस पब्लिक स्कुललाई १९–१५ ले हरायो । नेमोनिककी युसिका तामाङले ११ स्कोर गरिन् । बाल संसारले विट्स एकेडेमीलाई १४–१२ ले पाखा लगायो । बाल संसारकी विपाशा गिरीले ४ स्कोर जोडिन् । योङ हार्ट्सविरुद्ध  काठमाडौं जेभियर्स १३–६ ले विजयी भयो । जेभियर्सकी सुहामी बानियाँले १० स्कोर बटुलिन् ।

कान्तिपुर संवाददाता

Link copied successfully