एपीएफको लगातार दोस्रो हार

स्कलर्सको यो लगातार दोस्रो जित हो र उसको ६ अंक भएको छ । यससँगै स्कलर्स समूह ‘बी’को शीर्ष समूहका पनि उक्लेको छ । नेपाली क्लब भने शून्य अंकमा छ ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

APF's second defeat in a row

काठमाडौँ — एपीएफले एएफसी वुमेन्स लिग प्रारम्भिक चरणमा बिहीबार लगातार दोस्रो हार बेहोरेको छ । उज्वेकिस्तानको मार्काजी रंगशालामा भएको खेलमा उसलाई थाइल्यान्डको कलेज अफ एसियन स्कलर्ससँग ४–० ले पराजित भएको हो ।

स्कलर्सको यो लगातार दोस्रो जित हो र उसको ६ अंक भएको छ । यससँगै स्कलर्स समूह ‘बी’को शीर्ष समूहका पनि उक्लेको छ । नेपाली क्लब भने शून्य अंकमा छ । एपीएफ आफ्नो पहिलो खेलमा उज्वेकिस्तानको एफसी नासफसँग ३–० ले पराजित भएको थियो ।

एपीएफविरुद्ध थाई क्लबको जितमा चारै गोल कानियानाथ क्षबुक्तरले गरेकी थिइन् । त्यसमध्ये पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । अब एपीएफले लिग चरणको आफ्नो अन्तिम खेलमा आइतबार अल नासरको सामना गर्नेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully