भ्याली पब्लिक र आयोजक ग्रिनल्यान्ड विजयी

आयोजक ग्रिनल्यान्डले न्युटनलाई ३५–२७ ले हराउँदा आहाना खड्काले १९ स्कोर गरिन् ।

भाद्र ११, २०८२

कान्तिपुर संवाददाता

Valley Public and host Greenland won

काठमाडौँ — केभीकेएसएस र भ्याली पब्लिक बुधबार १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ सेमिफाइनल पुगेका छन् ।

केभीकेएसएसले तेजस्वीलाई २०–१५ र भ्यालीले बेलमोन्टलाई ३२–२५ स्कोरले पराजित गरे । केभीकेएसएसकी पूजा गुरुङ र भ्यालीकी दृश्य गुरुङले ८–८ स्कोर जोडे । आयोजक ग्रिनल्यान्डले न्युटनलाई ३५–२७ ले हराउँदा आहाना खड्काले १९ स्कोर गरिन् ।

सिनियर ब्वाइजमा न्युटनले लालीगुराँस नेसनल एकेडेमीलाई ५५–४५, गण्डकीले पारामाउन्टलाई ४१–३५, जिनियस वर्ल्डले स्वेता सदनलाई ४३–३८, किङडमले सेबलाई ४४–३९ र भ्याली पब्लिकले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३९–३४ स्कोरले हराए । न्युटनका उज्ज्वल श्रेष्ठले १४, गण्डकीका मनोज गुरुङले १२, जिनियसका मासुम रेजाले १३, किङडमका मिङमार छिरिङले १२ र भ्याली पब्लिकका अशोक विकले १४ स्कोर बटुले ।

जुनियर ब्वाइजमा न्युटनले बीएनएलाई ३०–२९ तथा एन्जल्स हार्टले पारामाउन्टलाई २३–१९ ले हराए । न्युटनका आशिष राईले ११ र एन्जल्स हार्टका रियाज केसीले ७ स्कोर जोडे ।

कान्तिपुर संवाददाता

Link copied successfully