घरेलु कोर्टमा टाइमलाइनले प्रारम्भलाई २३–२० स्कोरले पराजित गर्यो । टाइमलाइनका ऋषभ श्रेष्ठले ८ स्कोर जोडे ।
काठमाडौँ — आयोजक टाइमलाइन र एन्जल लर्ड बुधबार दोस्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वाटरफाइनल पुगेका छन् ।
घरेलु कोर्टमा टाइमलाइनले प्रारम्भलाई २३–२० स्कोरले पराजित गर्यो । टाइमलाइनका ऋषभ श्रेष्ठले ८ स्कोर जोडे । एन्जल लर्डले योङ हार्ट्सलाई ३९–२९ ले हरायो । एन्जल लर्डका समीर मगरले १७ स्कोर गरे ।
सिनियर ब्वाइजमै सर्वनम शिक्षालयले सीसीएसलाई ३३–२८, नेमोरिकले एम्बासडरलाई ४१–३६, काठमाडौं जेभियर्स पब्लिक स्कुलले विद्या आर्जन स्कुलाई ४२–१७, चैतन्यले विट्स एकेडेमीलाई २५–१०, नेरिकले अक्षर एकेडेमीलाई ३०–१६ र बागमती बोर्डिङ स्कुलले मार्वलसलाई ३६–३२ ले हराएर क्वाटरफाइनलमा स्थान बनाए । सर्वनमका निग्मा शेर्पाले १५, नेमोनिकका रेनिश लामाले २५, काठमाडौं जेभियर्सका सुवर्ण भुजेलले १२, चैतन्यका विप्लव भाटले ११, नेरिकका आयुब लामाले १५ र बागमतीका आयुश बस्नेतले १६ स्कोर जोडेका थिए ।
