नेपाल आजको खेल जित्नुपर्ने दबाबमा छ । गत आइतबार बंगलादेशसँग भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो ।
काठमाडौँ — दक्षिण एसियाली फुटबल महासंघ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यू-१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न २:४५ बजे हुने अखिल नेपाल फुटबल संघले जनाएको छ ।
नेपाल आजको खेल जित्नुपर्ने दबाबमा छ । गत आइतबार बंगलादेशसँग भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत नौ अंकका साथ पहिलो स्थानमा छ भने ६ अंक लिएर बंगलादेश दोस्रो स्थानमा छ । तीन अंकका साथ नेपाल तेस्रो स्थानमा छ ।
घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् । खेल तालिकाअनुसार यही भदौ १३ गते नेपालले भारतको सामना गर्ने छभने १५ गते भुटानसँग भिड्ने छ ।
