संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक भानबहादुर चन्दले यसपल्ट ५ सय ४५ महिला र ९ सय ५० पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी गराए ।
काठमाडौँ — नेपाल तेक्वान्दो संघले चौथो एनटीए लिग प्रतियोगिता आयोजना गर्ने भएको छ । ग्योरोगी र पुम्सेमा हुने लिग बिहीबारदेखि सुरु हुनेछ ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा लिग चार दिन चल्ने मंगलबार आयोजक तेक्वान्दो संघले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक भानबहादुर चन्दले यसपल्ट ५ सय ४५ महिला र ९ सय ५० पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी गराए ।
ग्योरोगी र पुम्से दुवैतर्फ गरी ७२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । तेक्वान्दोको उदीयमान र प्रतिभावान खेलाडी पहिचान र खोजी गर्न लिग आयोजना गरिएको चन्दले बताए ।
