लिटिल एन्जल्ससँग ज्ञानोदय पराजित

घरेलु कोर्टमा ज्ञानोदयले स्वस्तिश्रीलाई ४८–१९ स्कोरले पराजित गर्‍यो । ज्ञानोदयका अर्नव खड्काले १२ स्कोर गरे । रोशन नगरकोटीको १४ स्कोरमा टीआईएले जेम्सलाई ३५–१८ ले हरायो ।

भाद्र ११, २०८२

कान्तिपुर संवाददाता

Gyanodaya defeats Little Angels

काठमाडौँ — आयोजक ज्ञानोदय र टीआईए बुधबार ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलको ब्वाइजमा विजयी भएका छन् ।

घरेलु कोर्टमा ज्ञानोदयले स्वस्तिश्रीलाई ४८–१९ स्कोरले पराजित गर्‍यो । ज्ञानोदयका अर्नव खड्काले १२ स्कोर गरे । रोशन नगरकोटीको १४ स्कोरमा टीआईएले जेम्सलाई ३५–१८ ले हरायो ।

ब्वाइजमै ज्ञान निकेतनले रेडियन्ट पब्लिकमाथि ५४–४७ को जित पायो । ज्ञान निकेतनका सवाज मन्सुरले २८ स्कोर गरे । गर्ल्समा रेडियन्ट पब्लिकले बौद्ध इन्टरनेसनललाई १९–१२ ले हरायो । रेडियन्टकी सोनु तामाङले ८ स्कोर जोडिन् ।

त्यस्तै ब्वाइज फुटबलमा लिटिल एन्जल्स (एलए) ले ज्ञानोदयलाई ३–१ गोलले पराजित गर्‍यो । एलएका मेसी राई, सौगात मगर र स्मिथ रावतले १–१ गोल गरेका थिए ।

कान्तिपुर

Link copied successfully