सेभेन ए साइड फुटसलको उपाधि हिमशिखरलाई  

इटहरीमा मंगलबार सम्पन्न फाइनल खेलमा हिमशिखरले खनार सनसाइन सेकेण्डरी स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

भाद्र १०, २०८२

अर्जुन सुवेदी

Seven A side futsal title to Himshikhar

सुनसरी — हिमशिखर इङ्लिस स्कुलले तेस्रो संस्करणको सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि जितेको छ । 

इटहरीमा मंगलबार सम्पन्न फाइनल खेलमा हिमशिखरले खनार सनसाइन सेकेण्डरी स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । हिमशिखरको यो लगातार तेस्रो उपाधि हो । पहिलो, दोस्रो र तेस्रो संस्करणको फाइनलमा लगातार च्याम्पियन बनेसँगै हिमशिखरले उपाधि माथि हृयाटिक गरेको छ । 

इटहरी काब्यबाटिकास्थित पाथीभरा फुटसलमा भएको फाइनल खेलमा हिमशिखरलाई उपाधि दिलाउन म्यान अफ द म्याच आयुस राईले निर्णायक गोल गरे । उपाधिसँगै हिमशिखरले नगद ४० हजार रुपैयाँ र आकर्षक शिल्ड प्राप्त गरेको छ । उपविजेता सनसाइनले २० हजार रुपैयाँ पाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हिमशिखरका संयोग राई घोषित भए । उनले नगद २५ हजार रुपैयाँ बराबरको छात्रतृत्ति प्राप्त गरे । उत्कृष्ट गोलकिपर सनसाइनका आशीष मगर र सुमन चौधरी सर्वाधिक गोलकर्ता घोषित भए । उदयमान खेलाडी हिमशिखरका रायन क्षेत्री भए । उनीहरुले जनही २ हजार रुपैयाँ पाए । कस्तुरी एकेडेमीले फेयर प्ले टिमको उपाधि पायो ।

विजेता तथा उपविजेता टिमलाई कार्यक्रममा प्रमुख अतिथि इटहरी वडा नम्बर ६ का अध्यक्ष दिवस पोखरेल, एन्फा कोसीका सहमहासचिव केशव कार्की, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जुन सुवेदीलगायतले पुरस्कार वितरण गरे । 

दुई दिनसम्म चलेको प्रतियोगितामा सुनसरीका २८ विद्यालयले सहभागिता जनाएको आयोजक अल स्पोर्ट्स कलेक्सनका प्रमुख विमल मगरले जानकारी दिए । 

अर्जुन

Link copied successfully