ज्ञान कार्निभलमा मल्पी विजयी

ब्वाइज फुटबलमा मल्पीले द एक्सेल्सियर स्कुलाई ५–३ गोलले पराजित गर्‍यो । मल्पीका स्पन्डन खड्काले ४ तथा शिवम्ले १ गोल गरे ।

भाद्र १०, २०८२

कान्तिपुर संवाददाता

Malpi wins the knowledge carnival

काठमाडौँ — रेडियन्ट पब्लिक ३१ औं ज्ञान कार्निभलअन्तर्गत मंगलबार बास्केटबल गर्ल्समा रातो बंगलालाई १३–७ स्कोरले पराजित गरेको छ । रेडियन्टकी सेजल क्षेत्रीले ८ स्कोर गरिन् ।

ब्वाइजमा ओएसिसले स्वस्तिश्रीलाई २६–२०, हिमालयले रातो बंगलालाई २१–१६, बीडीएसले मल्पीलाई ४४–२२ र आईएमएसले क्रिएटिभलाई ४६–७ स्कोरले हराए । ओएसिसका सिद्धान्त राईले १२, हिमालयका रोहन नापितले १३, बीडीएसका साहिल महर्जनले २१ र आईएमएसका सुवर्ण मगरले १२ स्कोर जोडे ।

ब्वाइज फुटबलमा मल्पीले द एक्सेल्सियर स्कुलाई ५–३ गोलले पराजित गर्‍यो । मल्पीका स्पन्डन खड्काले ४ तथा शिवम्ले १ गोल गरे । एक्सेल्सियरका लियान गुरुङ, साहिलराज थापा र आर्यन गोलले १–१ गोल गरे ।

कान्तिपुर

Link copied successfully