टुरिनोमाथि युभेन्ट्सको सजिलो जित

गत सिजनको अन्तिम दिनमा उपाधि गुमाएको इन्टरले यसपल्ट नेपोलीविरुद्धको लिग उपाधि होडमा सशक्त चुनौती प्रस्तुत गर्दै नयाँ सिजनको शुरुआत गरेको छ।

भाद्र १०, २०८२

कान्तिपुर संवाददाता

Easy win for Juventus over Torino

सानसिरो — इन्टर मिलानले इटालीको सिरी ‘ए’ उपाधिमाथि आफ्नो दाबी प्रस्तुत गर्ने क्रममा सोमबार टुरिनालाई सजिलै ५–० ले पराजित गरेको छ । सानसिरोमा भएको खेलमा इन्टरका लागि मार्कस थुरामले दुई गोल गरे ।

उनले प्रत्येक हाफमा एक एक गोल गरेका हुन् । एलेसान्ड्रो बासटोनीले १८ औं मिनेटमा गोलको खाता खोले । यस्तै लउटारो मार्टिनेज र नयाँ खेलाडी एन्गे योन बोनीले पनि एक एक गोल गरे ।

यसपल्टको लिग उपाधि होडमा डिफेन्डिङ च्याम्पियन नेपोलीविरुद्ध सबैभन्दा बलियो चुनौती इन्टरले नै प्रस्तुत गर्ने अनुमान गरिएको छ । गत सिजन अन्तिम दिनमै इन्टरले नेपोलीसँग लिग उपाधि गुमाएको थियो ।

कान्तिपुर

Link copied successfully