यलकप ब्याडमिन्टन असोजको अन्त्यतिर

कुल चार लाख रुपैयाँ पुरस्कार राशिको प्रतियोगितामा बजेट भने ३५ लाख रुपैयाँ रहेको छ ।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

Yellow Cup Badminton Towards the end of October

काठमाडौँ — ललितपुरको मयूरवर्ण महाविहार भिन्छेबहालमा १५ औं यलकप ब्याडमिन्टन हुने भएको छ । प्रतियोगिता असोजको २५ देखि कात्तिक ११ सम्म हुनेछ । कुल चार लाख रुपैयाँ पुरस्कार राशिको प्रतियोगितामा बजेट भने ३५ लाख रुपैयाँ रहेको छ ।

प्रतियोगितामा ३२ भन्दा बढी टिमका चार सय खेलाडीको सहभागिता रहनेछ । आयोजक कमिटीका सचिव सुजन वज्राचार्यका अनुसार प्रतियोगितामा कुल पाँच विधा रहेका छन् । त्यसमा यू–१५ युवा एकल, महिला एकल, भेट्रान्स डबल, मिक्स डबल र युवा डबल रहेका छन् ।

कान्तिपुर

Link copied successfully