जेनिथ कपमा स्वर्णिम र रिब्स फाइनलमा

आयोजक न्यु जेनिथको कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा ज्ञान निकेतन र कन्स्टिलेसनले फाइनल भिडन्त तय गरे ।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

Gold and Ribs in the Zenith Cup final

काठमाडौँ — स्वर्णिम र रिब्स तेस्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्समा सोमबार फाइनलमा पुगेका छन् ।

स्वर्णिमले ग्यालेक्सी पब्लिक स्कुललाई ४१–११ स्कोरले पराजित गर्‍यो । विजयी टिमका लागि हिसी ल्हामु लामाले २१ स्कोर जोडिन् । रिब्सले राराहिललाई २७–१७ स्कोरले हराउँदा लिस्का थापाले १२ स्कोर गरिन् ।

आयोजक न्यु जेनिथको कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा ज्ञान निकेतन र कन्स्टिलेसनले फाइनल भिडन्त तय गरे । ज्ञानले पुष्पसदनलाई ६७–५१ ले हरायो । ज्ञानका महेन्द्र प्याकुरेलले ३३ स्कोर बटुले । कन्स्टिलेसनले ब्राइट होराइजनलाई ६९–५८ ले हराउँदा रिडम नेपालीले २१ स्कोर जोडे ।

न्यु जेनिथ कपअन्तर्गत ब्वाइज फुटसलको तीन उमेर समूहको प्रतिस्पर्धामा भने यसअघि नै फाइनल समीकरण तयार भइसकेको छ ।  यू–११ मा चेल्सी वर्ल्ड र बेसिक लर्निङ, यू–१३ मा ब्राइट होराइजन र हार्टल्यान्ड एकेडेमी तथा यू–१६ को फाइनलमा रिब्सले ग्रिन भिलेजको सामना गर्ने छन् । सबै फाइनल मंगलबार हुनेछ ।

कान्तिपुर

Link copied successfully