कार्यक्रम अगस्टको २५ देखि २७ सम्म आयोजना हुनेछ ।
काठमाडौँ — मिक्ड मार्सल आर्ट्स एमएमएका प्रशिक्षक राहुल मोक्तानले बहराइनको मानामामा हुने ओसीए डेभलपमेन्ट कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।
कार्यक्रम अगस्टको २५ देखि २७ सम्म आयोजना हुनेछ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार मोक्तानको बिदाइ गर्दै त्यस विकास कार्यक्रमले एनएमएको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
बिदाइ कार्यक्रममा एनओसीका महासचिव राजीव श्रेष्ठसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल कुस्ती संघका अध्यक्ष सम्राट कसारीको पनि उपस्थिति थियो ।
