ब्वाइजतर्फ ज्ञानोदयले ओएसिसलाई ३५–३२ ले पराजित गर्दा सोनु पुरीले १२ स्कोर गरे । गर्ल्समा नोसिका ढकालको १२ स्कोरमा ज्ञानोदयले मल्पी सिटीलाई २६–७ ले पराजित गरेको थियो ।
काठमाडौँ — आयोजक ज्ञानोदय बालबाटिका माविले ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलमा सोमबार ब्वाइज र गर्ल्स दुवैमा जित पाएको छ ।
ब्वाइजतर्फ ज्ञानोदयले ओएसिसलाई ३५–३२ ले पराजित गर्दा सोनु पुरीले १२ स्कोर गरे । गर्ल्समा नोसिका ढकालको १२ स्कोरमा ज्ञानोदयले मल्पी सिटीलाई २६–७ ले पराजित गरेको थियो ।
ज्ञानोदयको कभर्डहलमा ब्वाइजतर्फ मल्पी सिटी र भ्याली भ्यूले सफलता पाए । मल्पीले क्रिएटिभ एकेडेमीलाई ४१–१५ ले हरायो । मल्पीका रौनक प्रधानाङले १८ स्कोर गरे । भ्यालीले ओरेकल एकेडेमीमाथि ३९–११ को सहज जित दर्ता गर्यो । भ्यालीका गणेश विष्टले १५ स्कोर बटुले ।
ब्वाइज फुटबलमा लिटिल एन्जल्स (एलए) ले बृहस्पति विद्यासदनलाई ६–० गोलले पराजित गर्यो । एलएका सुगत मगरले २ र रायडुहाङ राई, जिम्मी लामा र प्रवीण गौतमले १–१ गोल गरे । एक गोल आत्मघाती थियो ।