रियल म्याड्रिडका लागि केयलिन एमबापेको दुई गोल गरे । र म्याड्रिडले ओभिएडोविरुद्व ३–० को जित निकाल्यो।
काठमाडौँ — रियल म्याड्रिडले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआत आइतबार पनि कायम राख्यो र ओभिएडोलाई ३–० ले पराजित गर्यो । त्यसमा केयलिन एमबापेको दुई गोल गरे ।
उनले ३७ औं मिनेटमा पहिलो गोल गरे र ८३ औं मिनेटमा दोस्रो गोल थपे । यससँगै एमबापले दुई खेलमा गरेको गोल संख्या तीन पुगेको छ । ओसासुनाविरुद्धको जितमा उनले एक गोल गरेका थिए ।
यो नतिजापछि लिगको सुरुआती तालिकामा रियलसँगै उसको प्रमुख प्रतिद्वन्द्वी बार्सिलोना र भिल्लारियलले दुई खेलबाट अधिक्तम छ अंक हात पारेका छन् । भिल्लारियल आइतबारकै अर्को खेलमा जिरोनालाई ५–० ले हराउन सफल रह्यो ।
