अनिलको कप्तानीमा नेपाल 'ए'

नेपाल क्रिकेट संघ (क्यान) ले अगस्ट २६ देखि ३ सम्म भारतको गुवाहाटीमा नेपाल ‘ए’ र आसाम स्टेट टिमबीच हुने ५ खेलको ट्वान्टी–२० शृंखलाका लागि अनिलको कप्तानीमा टोली चयन गरेको हो ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

Nepal 'A' under the captaincy of Anil

काठमाडौँ — अनिल साहको कप्तानीमा शनिबार नेपाल ‘ए’ टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले अगस्ट २६ देखि ३ सम्म भारतको गुवाहाटीमा नेपाल ‘ए’ र आसाम स्टेट टिमबीच हुने ५ खेलको ट्वान्टी–२० शृंखलाका लागि अनिलको कप्तानीमा टोली चयन गरेको हो ।

नेपाल ‘ए’ टोलीका अन्य खेलाडीमा अर्जुन घर्ती, तृतराज दास, शुभ कंसाकार, इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, विवेक यादव, पवन सर्राफ, बसिर अहमद, आकाश चन्द, कमलसिंह ऐरी, आदिल आलम अन्सारी, शेर मल्ल, युवराज खत्री र सागर ढकाल छन् ।

कान्तिपुर

Link copied successfully