सम्झौतापत्रमा बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात चौरसिया र नेसनल इन्फोटेक कलेजका संस्थापक निर्देशक मनिष सिंहले हस्ताक्षर गरे । नेसनल इन्फोटेकको लोगो अंकित नयाँ जर्सी पनि सार्वजनिक गरिएको थियो ।
पर्सा — वीरगन्जस्थित नेसनल इन्फोटेक कलेज र बारा जिल्ला क्रिकेट संघबीच एक वर्षका लागि प्रायोजन सम्झौता भएको छ । सम्झौताअनुसार कलेजले संघलाई जर्सी, अन्य पोसाक, सामग्री र आर्थिक सहयोग उपलब्ध गराउने छ ।
सम्झौतापत्रमा बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात चौरसिया र नेसनल इन्फोटेक कलेजका संस्थापक निर्देशक मनिष सिंहले हस्ताक्षर गरे । नेसनल इन्फोटेकको लोगो अंकित नयाँ जर्सी पनि सार्वजनिक गरिएको थियो ।
संघका अध्यक्ष चौरसियाले कलेजको यो प्रायोजनले बारा जिल्लाकै क्रिकेट क्षेत्रको विकासमा थप टेवा मिल्ने बताए । यस्तो खाले सहयोग र सहकार्यले स्थानीय क्रिकेट खेलाडीलाई प्रोत्साहन मिल्ने र खेलको स्तर उकास्न महत्त्वपूर्ण योगदान पुग्ने बताए । कलेजका निर्देशक सिंहले बाराका क्रिकेट खेलाडीको प्रशंसा गर्दै बारा क्रिकेटसँग सहकार्य गर्न पाउदा गौरवान्वित महसुस गरेको बताए ।
मधेस प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पवन अग्रवाल र विनोद दासले नेसनल इन्फोटेक कलेजको क्रिकेटप्रतिको लगाव र लगानीको खुलेर प्रशंसा गरेका थिए । उनीहरूले अन्य संघसंस्थाले पनि यस्तो पहल गरे क्रिकेट खेल र खेलाडी प्रोत्साहित हुने बताएका थिए ।