डे ब्रुएनाको गोलमा नेपोलीको विजयी सुरुआत

सुरुमा स्कट म्याकटोमिनीले गोल गरेपछि म्यानचेस्टर सिटी छाडेर इटाली आएका डे ब्रुएनाले अर्को गोल गरेका हुन् ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

De Bruyne's goal gets Napoli off to a winning start

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन नेपोलीले इटालीको सिरी ए मा शनिबार विजयी सुरुआत गरेको छ । केभिन डे ब्रुएनाले डेब्युमै गोल गरेपछि उसले ससुलोलाई २–० ले हरायो ।

सुरुमा स्कट म्याकटोमिनीले गोल गरेपछि म्यानचेस्टर सिटी छाडेर इटाली आएका डे ब्रुएनाले अर्को गोल गरेका हुन् । इंग्ल्यान्डमा करिब एक दशक लामो समय खेलेर उनी इटाली आएका हुन् ।

शनिबारकै अर्को खेलमा एसी मिलान क्रेमोनेसको हातबाट २–१ ले स्तब्धपूर्ण हार बेहोर्न बाध्य भयो । एस रोमाले भने बोलोग्नालाई १–० ले हरायो ।

कान्तिपुर संवाददाता

Link copied successfully