दुई गोलले पछि परेको अवस्थामा बार्सिलोनाले लेभान्टेलाई ३–२ ले हरायो ।
काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार लगातार दोस्रो जित निकालेको छ । सुरुआती दुई खेलबाट उसले ६ अंक बटुलेको छ ।
दुई गोलले पछि परेको अवस्थामा बार्सिलोनाले लेभान्टेलाई ३–२ ले हरायो ।
लेभान्टेले इभान रोमेरो र जोसे लुइसका गोलबाट अग्रता लिएको थियो । त्यसपछि पेड्रि र फेरान टोरेसले बार्सिलोनाका लागि गोल गरे । निर्णायक गोल भने लेभान्टेका उनाइ इगेगाबालको आत्मघाती रह्यो ।
शनिबारका अन्य खेलमा एटलेटिको म्याड्रिडले इल्चेसँग र मार्लोकाले सेल्टा भिगोसँग समान १–१ को बराबरी खेले । रियल बेटिसले डेपोर्टिभो एलाभेसलाई १–० ले हरायो ।
