आर्सनल र उसको उत्तरी लन्डन प्रतिद्वन्द्वी टोटनहम दुवैको समान ६ अंक भए पनि आर्सनल गोलअन्तरका आधारमा अगाडि रहेको हो ।
काठमाडौँ — आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार लिड्स युनाइटेडलाई ५–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
आर्सनल र उसको उत्तरी लन्डन प्रतिद्वन्द्वी टोटनहम दुवैको समान ६ अंक भए पनि आर्सनल गोलअन्तरका आधारमा अगाडि रहेको हो ।
इमिराट्समा भएको खेलमा भिक्टर योकेरेस र जुरेन टिम्बरले दुई–दुई गोल गरे । अर्को गोल बुकायो साकाले गरे । शनिबारका अन्य खेलमा बर्नलीले सन्डरल्यान्डलाई २–०, ब्रेन्टफोर्डले एस्टन भिल्लालाई १–० र बर्नमाउथले उल्भ्सलाई १–० ले हराए ।
यसअघि टोटनहमले म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो ।