च्यासलको मैदानमा संकटाले बुटवल–लुम्बिनीलाई ३–० ले हराएको छ । यो जितसँगै ९ अंकमा संकटा समूह ‘बी’ को शीर्ष स्थानमा कायम रह्यो । बुटवल–लुम्बिनी भने छनोटको पहिलो हारपछि ६ अंकमै सीमित रह्यो ।
काठमाडौँ — कुनै ठूलो उथलपुथल भएन र टिमको प्रदर्शन यस्तै हुने हो भने संकटा महिला लिगका लागि छनोट हुनेतर्फ उन्मुख भएको छ ।
उसले एन्फा वुमेन्स लिग छनोट २०८२ मा आइतबार लगातार तेस्रो जित मात्र आत्मसात् गरेन, तीनै खेलमा क्लिन सिट पनि कायम राख्यो ।
च्यासलको मैदानमा संकटाले बुटवल–लुम्बिनीलाई ३–० ले हराएको छ । यो जितसँगै ९ अंकमा संकटा समूह ‘बी’ को शीर्ष स्थानमा कायम रह्यो । बुटवल–लुम्बिनी भने छनोटको पहिलो हारपछि ६ अंकमै सीमित रह्यो । हारले उनको छनोट सम्भावनामा धक्का पुगेको छ ।
सुरुवाती दुई खेल जितेर त्यसमा कुनै गोल नखर्चेको बुटवल–लुम्बिनीले संकटाविरुद्ध भने दबाब सिर्जना गर्न सकेन । संकटाका लागि कप्तानको भूमिकामा रहेकी सिमरन राईले १२ औं मिनेटमा गोलको खाता खोलिन् । यसका लागि उनले पेनाल्टी एरिया बाहिरबाट गरेको चलाखीपूर्ण प्रहारले पोस्टको दिशा लिएको थियो ।
त्यसपछि सेनु परियारले ३५ र रेनिश शर्माले ८८ औं मिनेटमा गोल गरिन् । समूह ‘ए’ तर्फबाट आइतबारकै खेलमा छहारी र राप्तीले गोलरहित बराबरी खेले । यस नतिजापछि अपराजित छहारी सात अंकमा समूहको शीर्षमा रह्यो । राप्तीको भने तीन खेलबाट चार अंक भएको छ ।
