२७ औं लामाचौर कप भलिबल आजदेखि

आइतबारदेखि भदौ १० सम्म लामाचौर कप भलिबल हुनेछ । भलिबलसहित विविध सांगीतिक एवं सांस्कृतिक हुनेछ । शनिबारदेखि अन्तर स्कुल छात्रा भलिबल पनि सुरु भएको छ ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

27th Lamachaur Cup Volleyball from today

पोखरा — नवआदर्श सामुदायिक विकास समाजले २७ औं संस्करणको लामाचौर तीज महोत्सव–२०८२ को मुख्य आकर्षण लामाचौर कप भलिबल हो ।

आइतबारदेखि भदौ १० सम्म लामाचौर कप भलिबल हुनेछ । भलिबलसहित विविध सांगीतिक एवं सांस्कृतिक हुनेछ । शनिबारदेखि अन्तर स्कुल छात्रा भलिबल पनि सुरु भएको छ । 

खुला पुरुष भलिबल प्रतियोगितामा आयोजक, एपीएफ पोखरा, कृष्णदल फूलबारी, जीएम समाज, माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति र ढुंगेदेउराली क्लब स्याङ्जा गरी ६ टिमले भाग लिएका छन् । 

पुरुष भलिबल विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा विधागत उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछन् । 

शनिबार सुरु छात्रा भलिबलमा विभिन्न स्कुलका ११ टिमले भाग लिएका छन् । पोखरा एक्सपर्ट एजुकेशन लामाचौर कप अन्तर मावि छात्रा भलिबल शनिबार सिर्जना, टप्स, शान्ता र पोखरा युनाइटेड मावि सेमिफाइनल पुगेका छन् । 

सिर्जनाले टप्स र शान्ताले पोखरा युनाइटेडको सामना गर्नेछन् । छात्रा भलिबल विजेताले १ लाख र उपविजेताले ५० हजार पाउनेछन् । छात्रातर्फ सर्वोत्कृष्ट हुने खेलाडीले ५ हजार पाउनेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully