नेपालले ५ स्वर्ण, ३ रजत र ५ कांस्य जितेको हो ।
काठमाडौँ — नेपाली युवा तेक्वान्दो खेलाडीले एन्टा २०२५ तेक्वान्दो ग्रान्ड स्लाम युथ लिग फाइनलमा १३ पदक जितेका छन् । नेपालले ५ स्वर्ण, ३ रजत र ५ कांस्य जितेको हो ।
काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीका अनुसार चीनको छेङ्दुमा अगस्ट २१ देखि २२ सम्म भएको प्रतियोगितामा एकल पुम्सेको यू–१० मा आरुसी थिङ, यू–१२ मा तभिसा तामाङ र विवश तामाङ, ३४ केजीमुनि आयु रे र भीआर इभेन्टमा कुमार तामाङले स्वर्ण जिते ।
३८ केजीमुनि निकी थिङ, ५८ केजीमुनि अपेस खत्री र एकल पुम्सेको यू–१४ मा पविना घलेले रजत जिते । २७ केजीमुनि सुजल कार्की, २९ केजीमुनि पवन घले, ३१ केजीमुनि सफल गुरुङ र ३६ केजीमुनि सागर गुरुङले कांस्य जिते । प्रशिक्षकमा प्रवीण खड्गी थिए भने विकेश बिँडारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा काभ्रेस्थली, गोलढुंगा, अल्टिमेट र स्युचाटार तेक्वान्दो डोजाङका खेलाडीले भाग लिएको अध्यक्ष खड्गीले जनाएका छन् ।
